२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


हंगेरीसँग इंग्ल्याण्ड पराजित


377
Shares

काठमाडौं । यूएफा नेसन्स लिग फुटबलको पहिलो खेलमा इंग्ल्यान्ड हंगेरीसँग पराजित भएको छ ।

हंगेरीको बुडापेस्टमा शनिबार राति भएको खेलमा इंग्ल्यान्ड हंगेरीसँग १–० ले पराजित भएको हो ।

घरेलु टोलीलाई जित दिलाउन डोमिनिक सोबोस्लियाले खेलको ६६ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे ।

यो जितसँगै हंगेरीले लिग ‘ए’ को समुह ३ मा अग्रता लिएको छ ।

यही समुहको अर्को खेलमा इटाली र जर्मनीले १–१ गोलको बराबरी खेलेका छन् । इटालीको बोलोग्नामा भएको खेलमा घरेलु टोलीका लोरेन्जो पेलेग्रिनीले पहिलो गोल गरे । तर, जर्मनीका जोसुवा किमिचले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।