काठमाडौं । धनगढीमा कोरोना संक्रमितको उपचारका लागि ५० शैयाको छुट्टै ‘कोरोना वार्ड’ निर्माण शुरु गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र कञ्चनपुरको महाकाली अस्पताललाई ५०-५० शैयाको छुट्टै कोरोना वार्ड निर्माणका लागि एक-एक करोडको अख्तियारी दिएपछि वार्ड निर्माण शुरु भएको हो ।
सेती प्रादेशिक अस्पतालअन्तर्गत सञ्चालन हुने गरी प्रि–फ्याव प्रविधिमा निर्माण भइरहेको छ ।
एक महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले निमार्णलाई अझै तीव्रता दिइएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए । कञ्चनपुरको महाकाली अस्पतालमा भने निर्माण सम्झौता हुन बाँकी छ ।








प्रतिक्रिया दिनुहोस्