कैलाली । सुदूरपश्चिममा झण्डै सात हजार ८ सय नमूनाको पीसीआर र र्यापिड टेस्ट (आरडीटी) मार्फत कोरोना परीक्षण गरिएको छ ।
प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रंका अनुसार हिजोसम्म पीसीआर प्रविधिबाट दुई हजार चार सय ९५ र र्यापिड टेस्ट मार्फत पाँच हजार तीन सय तीन जनाको कोरोना परीक्षण गरिएको हो ।
र्यापिड टेस्ट गरिएका एक जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ । यस्तै पीसीआर प्रविधिबाट परीक्षण गरिएका ५ जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको आपतकालिन केन्द्रले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्