१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


कोरोना भाइरस विरुद्धको खोप पत्ता नलागेसम्म टोकियो ओलम्पिक गर्न नसकिने !


0
Shares

काठमाडौं । वैज्ञानिकहरुको कोरोना भाइरस विरुद्धको खोप पत्ता नलागेसम्म टोकियो ओलम्पिक गर्न नसकिने अनुमान गरेका छन् ।

विश्वव्यापी महामारी बनेको कोभिड १९ विरुद्धको खोप विकास भएर यसको प्रभावकारी प्रयोग नभएसम्स ओलम्पिक खेलकुद आयोजना गर्न कठिन हुने सरोकारवालाहरुले ठहर गरेका हुन् ।

युनिभर्सिटी अफ इडनेबर्गका प्रोफेसर देभी श्रीधरका अनुसार कोरोनाको भ्याक्सिन यो बर्षको अन्तिमसम्ममा तयार भएमात्रै अर्को वर्ष ओलम्पिक हुने संभावना छ ।

अन्यथा सन् २०२१ मा पनि ओलम्पिक खेदलकुद आयोजना गर्न जोखिमपूर्ण हुने उनको तर्क छ ।

यहि जुलाईको अन्तिम र अगष्टको पहिलो साता हुने भनिएको टोकियो ओलम्पिक कोराना भाइरसका कारण एक बर्षपछाडी धकेलिएको छ ।

जापानले कोरोनाभाईरस नियन्त्रण र रोकथाममा उल्लेख्य प्रगति हासिल गरेपनि विश्वभर खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी र दर्शकहरु संक्रमणको उच्च जोखिममा रहेकोले ओलम्पिक गेम्स सारिएको हो ।