Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


कीर्तिमानी राफायल नादाल फाइनलमा


260
Shares

काठमाडौं । जर्मनीका एलेक्सजेण्डर ज्वेभरेभबाट वाकओभर पाउँदै स्पेनिस टेनिस स्टार राफायल नादाल फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

पेरिसमा शुक्रबार राति भएको खेलको दोस्रो सेटको खेल दौरान लडेर घाइते भएर ज्वेभरेभले खेल त्यागेपछि नादाल फाइनलमा प्रवेश गरेका हुन् ।

कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नादालले पहिलो सेट ७–६ ले जितेका थिए । तर, दोस्रो सेट ६–६ को स्थितिमा रहेको थियो ।

नाडालले १३ पटक फ्रेन्च ओपन जितेका छन् ।