Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


बजेट छलफलमा सांसदहरूको पर्याप्त उपस्थिति छ : सांसद पुन


130
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले बजेट छलफलका क्रममा सांसदहरूको पर्याप्त उपस्थिति रहेको दाबी गर्नुभएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद भवन पुग्नुभएका नेता पुनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्रालयको काम र निर्वाचन क्षेत्रका मतदाताहरूसँग भेट्नुपर्ने हुँदा सांसदहरूले कहिलेकाहीँ छोटो समय संसद बैठक छोड्ने गरेको उहाँले बताउनुभयो ।

‘माननीयहरू पर्याप्त उपस्थित हुनुहुन्छ, कहिलेकाहीँ आधी घण्टा, एकघण्टा बजेट चलिराखेको छ, मन्त्रालयका विनियोजनहरू चलिराखेको हुन्छ, त्यसमा पनि जानुहुन्छ माननीयज्यूहरू,’ उहाँले भन्नुभयो, ‘निर्वाचन क्षेत्रका मतदाताहरू आउने, साथीभाई आउने, कहिले हस्पिटलको कुरो होला, कहिले अफिसको कुरा होला यस्ता स–साना कामहरूमा निस्किनुहुन्छ, तर यहाँ गम्भीर रूपले नै सहभागी भइरहनुभएको छ ।’

पूर्वअर्थमन्त्री समेत रहनुभएका पुनले आफू भने संसदमा नियमित उपस्थित भइरहेको बताउनुभयो ।