Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


जनकपुरधाममा बाहिरी व्यक्तिलाई ‘प्रवेश निषेध’


0
Shares

जनकपुरधाम, वैशाख ६ । प्रदेश नम्बर–२ को राजधानी जनकपुरधाममा बाहिरी व्यक्तिलाई प्रवेश निषेध गरिएको छ ।

जनकपुरधामका विभिन्न टोल प्रवेशद्वारमा बाँसको ढाँट तेर्साएर प्रवेश निषेध गरिएको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या बढदै गएपछि टोलभित्र अपरिचित वा बाहिरी कोही प्रवेश गर्न नसकून् भन्ने उद्देश्यले प्रवेश निषेध गरिएको बताइएको छ ।

टोलबासीले कोरोनाभाइरसबाट ‘आफू पनि बचौं र अरुलाई पनि बचाऔं’अंकित ब्यानर झुन्ड्याएका छन् ।

टोलबासीलाई चाहिने अत्यावश्यक सामाग्री टोलमै उपलब्ध गराउने तयारी गरिएको छ ।

एम्बुलेन्स, खाद्यान्न, दूध र तरकारी बोक्ने गाडीलाई भने छुट दिइएको छ ।