Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिले अर्कोपटक प्रमुखमा तयारी गर्नुस् : नेता सुवेदी


234
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)की नेता पूर्णकुमारी सुवेदीले पार्टीबाट उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिहरूलाई आगामी निर्वाचनका लागि प्रमुखमा तयारी गर्न निर्देशन दिनुभएको छ ।

शुक्रबार अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले आयोजना गरेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित महिला जनप्रतिनिधिहरूलाई बधाई तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै सुवेदीले उपप्रमुखमा निर्वाचित महिलाहरूले आगामी निर्वाचनमा प्रमुखका लागि तयारी गर्नुपर्ने बताउनुभयो ।

त्यसका लागि आउने बाधा, अड्चनमा आफुहरूले साथ दिने सुवेदीले बताउनुभयो । उहाँले महिला जनप्रतिनिधिहरूले महिलाको क्षमता विकास गराउँदै आफू सँगसँगै अगाडी ल्याउनुपर्ने पनि बताउनुभयो । निर्वाचित जनप्रतिनिधिहरूलाई जनतालाई निराश नबनाउन पनि उहाँले आग्रह गर्नुभयो ।

सुवेदीले राजनीतिक परिवर्तनमा महिलाहरूको भूमिका धेरै रहेको उल्लेख गर्नुभयो । अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले शुक्रबार पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरूलाई पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच बधाई तथा अभिनन्दन गरेको छ ।