
सप्तरी, वैशाख ६ । ‘लकडाउन’को कारण उत्पादित तरकारी बिक्री नहुँदा सप्तरीका किसानहरु मारमा परेका छन् ।
महिनौं लगाएर किसानहरुले उत्पादन गरेको तरकारी तथा फलफूल बिक्री नभएपछि खेतबारीमै कुहिन थालेको छ ।
जिल्लाको कोसी नदीको बगरमा सयौं बिघामा व्यावसायिक तरकारी एवं फलफूल खेती हुँदै आएको छ ।
किसानहरुले खेतमा लौका, फर्सी, भन्टा, काँक्रालगायतका तरकारीहरु लगाएका छन् ।
लकडाउनले गर्दा बजारसम्म पुर्याउने अवस्था नरहेपछि अधिकांश तरकारी खेतमै कुहिन थालेको हुन् ।
प्रतिक्रिया दिनुहोस्