सुर्खेत, वैशाख ६ । जुम्लाबाट मजदुरी गरेर घर फर्कंदै गरेका बर्दियाका बासिन्दालाई सुर्खेतका स्थानीयले शनिबार खाना खुवाएका छन् ।
कामका लागि जुम्ला पुगेका बर्दियाका १५ जना ‘लकडाउन’ लम्बिएसँगै घर फर्कंदै गर्दा भोकले लखतरान परेपछि उनीहरुलाई खाना खुवाएर सहयोग गरिएको हो ।
सवारी–साधन नचलेपछि उनीहरु चार दिन पैदल हिँडेर उनीहरु सुर्खेत आइपुगेका हुन् ।
भोकले छटपटाउँदै राजमार्गमा निस्किएका यात्रीलाई खाना खुवाउन ठाउँ–ठाउँमा स्थानीय आफैं जुटेका छन् ।
बाटोमा अलपत्र परेका पैदलयात्रीलाई उनीहरु गन्तव्यसम्म पुर्यााइदिने गरेका छन् ।
त्यस्तै, उनीहरुले सिलगुडीदेखि आएका दैलेख र सुर्खेतका चारजनालाई पनि उद्धार गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्