आज अर्थमन्त्रीले संसदमा जवाफ दिने « Imagekhabar – Online News Portal of Nepal
१७ असार २०७९, शुक्रबार | Fri Jul 1 2022


आज अर्थमन्त्रीले संसदमा जवाफ दिने


117
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज शुक्रबार पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

शुक्रबार आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्री जनार्दन शर्माले दिँदैछन् ।

गत जेठ १५ गते प्रस्तुत भएको १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेटमाथि जेठ १७ गतेदेखि छलफल सुरु भएको थियो । उक्त छलफलमा सांसदहरूले बजेटमाथि आ–आफ्नो धारणा राखेका थिए।

यसैबीच, आज एमाले सांसद तथा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले इन्धन तथा खाद्यान्नमा भएको मूल्यवृद्धिलगायत जुरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैबीच, राष्ट्रिय सभाको बैठक पनि शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ ।