Logo २१ कार्तिक २०८२, शुक्रबार | Sat Nov 8 2025


डडेल्धुराका किसान ‘लकडाउन’मा तरकारी खेतीमा व्यस्त


0
Shares

डडेल्धुरा, वैशाख ६ । डडेल्धुराका किसानहरु ‘लकडाउन’को समयमा तरकारीबाली भित्र्याउन व्यस्त छन् ।

अमरगढी नगरपालिकाका किसानहरु तरकारी खेतमै सुक्न थालेपछि थन्क्याउन व्यस्त भएका हुन् ।

किसानहरु लकडाउनको सदुपयोग गर्दै बारीमा लगाइएको फूलकाउली, बन्दाकोभी, भेडेखुर्सानी, टमाटर, लसुन–प्याज, मूला, गाँजर र हरियो तरकारी तथा मसलाजन्य बाली भित्र्याउन लागेका हुन् ।

उत्पादित तरकारी सदरमुकाममा रहेको संकलन केन्द्रमा लगेर किसानहरुले बिक्री गर्दै आएका छन् ।