Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


‘लकडाउन’ कडा बनाउन बाटो र पुलमा बार, जनप्रतिनिधिको पनि सहयोग


0
Shares

म्याग्दी, वैशाख ६ । ‘लकडाउन’ कडा बनाउन म्याग्दीका स्थानीय बासिन्दाले बाटो र पुलमा बार लगाएका छन् ।

लकडाउनलाई बेवास्ता गरी आवत–जावत गर्ने मानिसहरुलाई लक्षित गर्दै स्थानीय तहहरुको सक्रियातामा स्थानीयले बाटो र पुलहरुमा बार लगाएका हुन् ।

आवत–जावतलाई रोक्ने र अटेर गर्नेलाई प्रहरीको जिम्मा लगाउन चौकीदारसमेत खटाइएको छ ।

बेनी नगरपालिकासहित ६ ओटै स्थानीय तहहरुमा युवा, आमा समूह र जनप्रतिनिधिहरुले बार बारेर आ–आफ्नो क्षेत्र ‘सुरक्षित’ बनाएका हुन् ।

पश्चिम म्याग्दीको मालिका र धौलागिरि गाउँपालिकासँगै छिमेकी बागलुङ र रुकुम जिल्लाबाट आवत–जावत नरोकिएपछि कोरोना संक्रमणबाट बच्न सडकमा बार बनाएर बस्नुपरेको स्थानीयले बताएका छन् ।