पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो


8.476k
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको छ ।

बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १०/१० रुपैयाँ घटाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्ने छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पर्ने छ ।

बिहीबार राति १२ बजेबाट घटेको मूल्य लागु हुने छ ।

खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन ।