Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


नेपाल उपविजेता बन्दै यु–१५ साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा


0
Shares

काठमाडौं, साउन २८ । नेपाल समूह उपविजेता बन्दै भुटानमा जारी दोस्रो यु–१५ साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा सोमबार चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशसँग ३–० ले पराजित भएपछि नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

नेपालले मध्यान्तरअघि गोलका लागि राम्रो प्रयास गरे पनि सफल हुन सकेन । मध्यान्तरसम्म एक गोल खाएको नेपालले मध्यान्तरपछि दुई गोल खाएको थियो ।

जितसँगै बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

नेपालले पहिलो खेलमा पाकिस्तानमाथि ४–० को जित हासिल गरेको थियो ।

यो हारपछि नेपालको बंगलादेशसँग बदला लिने सपना चकनाचुर भएको छ ।

यसअघि, बंगलादेशमा भएको पहिलो संस्करणमा नेपाल आयोजक बंगलादेशसँग ६–० ले पराजित भएको थियो ।

अब नेपालले सेमिफाइनलमा भारतको सामना गर्नेेछ ।

जारी प्रतियोगितामा अफगानिस्तान र माल्दिभ्सबाहेक दक्षिण एसियाका ६ टोली सहभागी छन् ।