१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


रग्बीका तीन खेलाडी कोरोना भाइरसबाट संक्रमित


0
Shares

काठमाडौं । वेल्समा रग्बीका तीन खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

वेल्सको राष्ट्रिय टिमका मुख्य प्रशिक्षक वाएन पिभाकले तीन खेलाडीमा कोरोना देखिएको पुष्टि गरेका छन् ।

ती खेलाडीहरु उपचारपछि घर फर्किएको पनि समाचारमा जनाइएको छ । प्रशिक्षक पिभाकले तीन खेलाडीको नाम भने खुलाएनन् ।

वेल्सको टिमले यस समर जापान, न्युजिल्याण्ड, अर्जेन्टिना र दक्षिण अफ्रिका भ्रमण गर्ने तालिका रहेको छ । तर, कोरोनाको कारण भ्रमण अन्योलमा रहेको छ ।