Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


मकवानपुर गोल्डकप आजदेखि हेटौंडामा सुरु हुँदै


52
Shares

काठमाडौं । हेटौंडामा आज बिहीबारदेखि मकवानपुर गोल्डकप प्रतियोगिता सुरु हुँदैछ ।

आयोजकले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिदै उद्घाटन खेलमा बागमती युथ क्लब र नव जनजागृति युथ क्लब सिमरा भिड्ने बताएको छ ।

जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागी हुने छन् ।

हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगितामा विभागीय क्लबहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस् क्लब, खुमलटार युथ क्लब, नव जनजागुती युवा क्लब सिमरा, बागमती युवा क्लब सर्लाही, विजय युथ क्लब हेटौंडा, चितवन–११, ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी हुने आयोजकले बताएका छन् ।

प्रतियोगिताको विजेता टीमले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कार राशी वृद्धि गरिएको छ । अघिल्लो वर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए ।