२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


प्रधानमन्त्रीको कडा निर्देशन–‘हिँडेर गाउँ जान नदिनू’


0
Shares

काठमाडौं, बैशाख ५ । प्रधानमन्त्री केपी ओलीले हिँडेर कसैलाई पनि गाउँ जान नदिन निर्देशन दिएका छन् । खानको समस्यामा परेकालाई खानाको व्यवस्था गर्न पनि उनले निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रिपरिषद्का सदस्य र उच्चस्तरीय समन्वय समितिका सदस्यसँग छलफल गर्दै यस्तो निर्देशन दिएका हुन् ।

मानिसहरु लकडाउनको बेला हिँडेरै आफ्नो गृह जिल्ला जान थालेका बेला शुक्रवारको बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई समस्या परेका मानिसलाई खानाको व्यवस्था मिलाउन पनि भनेका हुन् ।

बैठकमा पैदलै घर जान हिँडेकालाई जहाँ छन् त्यहीँ खानबस्नको व्यवस्था गर्ने वा जसरी पनि घर जान चाहनेलाई उच्च सुरक्षासहित जिल्ला सदरमुकामसम्म पुर्याउने र त्यहाँबाट स्थानीय तहको जिम्मा लगाउने विकल्पमा छलफल भएको पनि बैठकमा सहभागि एक सदस्यले जानकारी दिए ।

बैठकमा सुरक्षा अंगका प्रमुखहरुलाई पनि बोलाइएको थियो ।