२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


‘किसानले उत्पादन गरेको वस्तुको मूल्य पाउनुपर्छ’


39
Shares

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले किसानले उत्पादन गरेको वस्तुको मूल्य सहज रुपमा पाउनुपर्ने बताउनुभएको छ ।

बुधबार विश्व दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले गरेको कार्यक्रममा सचिव डा. शर्माले किसानले उत्पादन गरेको वस्तुको मूल्य प्राप्तिमा सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभयो ।

उहाँले आगामी आर्थिक वर्षको बजेटमा सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको पनि बताउनुभयो ।