
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले डलरको सञ्चिती घट्ने क्रम जारी रहेमा नेपालको अवस्था श्रीलंकाको जस्तो हुनसक्ने चेतावनी दिनुभएको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा भाग लिदै आज (बुधबार) उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले प्रत्येक महिना १२ देखि १५ करोड डलर घट्दै गएकाले साेही अवस्था रहेमा बजेटको लक्ष्य पूरा हुन नसक्ने जिकीर गर्नुभयो । यस वर्ष ९ करोड ६१ अरब डलर रिजर्भ रहेकामा साउनदेखि अहिलेसम्ममा २ अर्ब ७० करोड डलर डिपोजिट घटेको र प्रत्येक महिना १२ देखि १५ करोड डलर घट्दै गएको उहाँको तर्क छ।
डलर डिपोजिट घट्दा आयात घट्ने, विदेशी मुद्रा दिन नसकिने र त्यस्तो अवस्था आउँदा १२ खर्ब ४० अर्ब राजस्व कसरी संकलन हुन्छ भन्दै उहाँले प्रश्न समेत गर्नुभएकाे छ। यो राजस्व संकलन गर्न निजी क्षेत्रलाई जति पनि आयात गर भनेर छाड्नु पर्ने तर डलर कहाँबाट दिने भन्दै उहाँले असन्तुष्टि जनाउनुभएकाे छ ।
उहाँले अर्थतन्त्र धरासायी हुने संकेत देखिएको टिप्पणी गर्दै केही पैसा बाँडेर चुनाव प्रभावित पार्न खोजे पनि अर्को वर्ष पुग्दा टाउकोमा हात लाएर बस्नुपर्ने बताउनुभएकाे छ ।
साथै अर्थतन्त्र धरासायी भई श्रीलंकाको जस्तो दशा ब्यहोर्नुपर्ने अवस्था आउने नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले चेतावनी समेत दिनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्