 
	    काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले समयमा किसानलाई मल दिन नसक्नेले उत्पादन दोब्बर बढाउँछु भन्नु झुटको खेती भएको बताउनुभएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि टिप्पणी गर्दै पाण्डेले अहिलेसम्म कति मल कहिले आउँछ भन्ने कुरा कृषि मन्त्रालयलाई समेत थाहा छैन, तर अर्थमन्त्री दोब्बर उत्पादन बढाउँछु भन्नुहुन्छ यो कसरी सम्भव छ ? भनेर प्रश्न गरे ।
‘सरकारले बजेट मार्फत धान, मकै गहुँ लगायतका केही कृषिजन्य वस्तुको आयात ३० प्रतिशतले कटौती गर्ने भनेको छ । बजेट पुरै कृषि उत्पादनमा केन्द्रित भएको भनिएको छ । तर मल नै नभई कसरी उत्पादन वृद्धि हुन्छ, अर्थमन्त्री ज्यू ?’ प्रतिप्रश्न गर्दै पूर्वमन्त्री पाण्डेले भन्न्ुभयो, ‘चालु आर्थिक वर्षको भन्दा अझ मल आयातमा बजेट कटौती गरेर कसरी उत्पादनमा जान सकिन्छ ?’
भारतले डेढ लाख मेट्रिक टन मल दिन्छु भनेर भने पनि अहिलेसम्म रेट तोकेर चिठी नपठाएको भन्दै उहाँले अर्थमन्त्रीले हचुवाको भरमा उत्पादन बढाउने कुरा गरेको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्