
काठमाडौं । आज जुन १ अर्थात विश्व दूध दिवस, नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ । यस वर्ष ‘दीर्घ जीवन, गुणस्तरीय दुध तथा दुग्ध पदार्थको सेवन’ भन्ने मुल नारासहित विश्व दूध दिवस मनाइँदैछ ।
दुग्धपानको महत्व दर्शाउन विश्वभर जुन १ तारिखलाई विश्व दूध दिवसको रुपमा मनाइँदै आएको हो ।
विश्व खाद्य संगठनले सन् २००१ बाट अन्तर्राष्ट्रिय दूध दिवस मनाउने निर्णय गरेकोमा नेपालले सन् २०११ बाट दिवस मनाउन थालेको हो ।
बुधबार राष्ट्रिय दुग्ध विकास बोर्डले सरोकारवाला निकायहरुको उपस्थितिमा दिवसको अवसरमा कार्यक्रम गर्दैछ ।
प्रतिक्रिया दिनुहोस्