३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


पश्चिम नवलपरासीमा बैंक खुल्ने तालिका थाहा नहुँदा सास्ती


0
Shares

नवलपरासी, वैशाख ५ । पश्चिम नवलपरासीमा बैंक तथा वित्तीय संस्थाहरु हरेक दिन पालो मिलाएर खुल्ने गरेका छन् ।

तर, कुन बेला कुन बैंक खुल्छ भन्ने थाहा नहुँदा सर्वसाधारण सेवा पाउनबाट बञ्चित भएका छन् ।

भीडभाड नहोस् भनेर बैंकहरुले फरक–फरक दिन पालो मिलाएर कारोबार गर्ने गरेका छन् । एक दिनमा बढीमा दुईओटा बैंकले कारोबार गर्ने गरेका छन् ।

केन्द्रीय ‘सर्कुलर’अनुसार हप्ताको दुई दिन ग्राहकहरुलाई सेवा दिइँदै आएको बैंक अफ काठमाण्डौंका परासी शाखा प्रबन्धक मदन गौतमले जानकारी दिए ।

उता, राष्ट्रिय वाणिज्य बैंक परासी शाखाले एक दिन बिराएर कारोबार गर्दा भीड बढेपछि प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले कारोबार बन्द गर्न निर्देशन दिएका छन् ।