Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


काठमाडौं महानगरमा विदेशबाट फर्कनेको कोरोना परीक्षण जारी


0
Shares

काठमाडौं, वैशाख ५ । काठमाडौं महानगरपालिकाले विभिन्न मुलुकबाट स्वदेश फर्किएकाको कोरोना परीक्षण जारी राखेको जनाएको छ ।

हालसम्म वडा नम्बर–४ र ५ का गरी ९८ जनाको परीक्षण सम्पन्न भएको र तीमध्ये सबैको नतिजा ‘नेगेटिभ’ आएको कामपाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

उनकाअनुसार कामपाले सबै वडामा ‘कोभिड–१९’ को परीक्षण जारी राखेको छ ।

अघिल्लो हप्ता विदेशबाट आएकाको तथ्यांक लिइसकको कामपाले गत बुधबारदेखि कोरोनाको परीक्षण पनि सुरु गरेको हो ।

सनसिटी अपार्टमेन्टमा बस्ने दुईजनालाई कोरोना ‘पोजिटिभ’ देखिएपछि  कामपाले परीक्षण सुरु गरेको हो ।

कामपा जनस्वाथ्य महाशाखाको पहलमा स्वास्थ्य स्वयंसेविकाहरुको टोलीलाई घर–घरमा पठाएर विदेशबाट आएकाको विवरण संकलन गरिएको थियो ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले विदेशबाट आएका, उनीहरुको सम्पर्कमा रहेका र कोरोनाभाइरसको लक्षणको आशंका भएका व्यक्तिलाई सम्बन्धित वडामा सम्पर्क गर्न अनुरोध गरे ।

‘यसो भयो भने आफू सुरक्षित छु भन्ने ढुक्क हुन्छ । छिमेकलाई पनि ढुक्क हुन्छ’–उनले भने । रासस