एजेन्सी । यूएस ओपन टेनिस प्रतियोगिताका आयोजकले आगामी प्रतियोगिताको आयोजना निर्धारित समयमै हुने विश्वास व्यक्त गरेका छन् ।
अमेरिकी टेनिस संघका प्रमुख कार्यकारी माइक डोसले सबै प्रकारको सम्भावना खुल्ला रहेको र प्रतियोगिताबारे अन्तिम निर्णय जुनमा लिइने बताए ।
तर संघको लक्ष्य दर्शकसहितको प्रतियोगिता नै रहेको उनले स्पष्ट पारेका छन् ।
न्यूयोर्कको नेसनल टेनिस सेन्टर अहिले अल्पकालीन अस्पतालका रूपमा प्रयोग भई कोरोना संक्रमितको उपचार भइरहेको छ ।
यूएस ओपन तय तालिका अनुसार प्रतिगागिता अगस्ट ३१ देखि सेप्टेम्बर १३ सम्म हुनेछ । हालसम्म यो नै निर्धारित समयमा हुनसक्ने एक मात्र टेनिसको ठूलो प्रतियोगिता रहेको छ ।





प्रतिक्रिया दिनुहोस्