
एजेन्सी । चीनको अर्थतन्त्रमा शताब्दी यताकै गिरावट आएको छ । आज सार्वजनिक तथ्यांक अनुसार पछिल्लो तीन महिनामा चिनियाँ अर्थतन्त्रमा ६ दशमलव ८ प्रतिशतले गिरावट आएको हो ।
गत वर्षको सोही अवधिमा वृद्धिदर ६ दशमलव ८ प्रतिशत थियो । कोरोना महामारीका कारण चिनियाँ अर्थतन्त्र सन् १९९२ पछि पहिलोपटक खुम्चिएको हो ।
कोरोना महामारीको केन्द्र बनेको चीनमा अधिकांश उद्योग कलकारखा बन्द गरिएको थियो । तर अहिले आशिंक सञ्चालनमा छन् ।
विगत दुई दशकयता चीनको आर्थिक वृद्धिदर औसत नौ प्रतिशतले बढेको थियो । पिपुल्स डेलीले चीनले ल्याएको आर्थिक सहायता कार्यक्रमले मुलुकको आन्तरिक माग बढाउने बताएको थियो ।
तर चिनियाँ निर्यात भने प्रभावित छ । विश्लेषकहरुले चिनियाँ अर्थतन्त्रमा छिटै सुधार आउने सम्भावना कम बताएका छन् ।
अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चिनियाँ अर्थतन्त्रमा एक दशमलव २ प्रतिशतको मात्र वृद्धिदर हासिल हुने अनुमान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्