
काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक रहेको टिप्पणी गर्नुभएको छ ।
सांसद चौंधरीले बजेटले नेपाली समाजको सबै क्षेत्रलाई समेटेर ल्याएकाले यो धेरै महत्वपूर्ण रहेको दाबी समेत गर्नुभयो ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले बजेट सरकारको नीति तथा कार्यक्रम अनुसार नै आएको पनि बताउनुभयो ।
‘बजेट सन्तोषजनक छ, नेपाली समाजको कम्पोजिशनलाई हेरेर बजेट ल्याएकाले अर्थमन्त्रीलाई धन्यवाद,’ उहाँले भन्नुभयो, ‘समग्रमा बजेटले उत्पादनमा, स्थिरता र समावेशितामा जोड दिएकाले बजेट धेरै महत्वपूर्ण छ ।’
सांसद चौधरीले बजेटमा पूर्वाधार विकास र पूँजी निर्माण गरेर मुलुकलाई समृद्ध बनाउने कुरा पनि समावेश गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्