पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि विमानस्थल अवरुद्ध « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि विमानस्थल अवरुद्ध

ट्यांकर उठाएर विमानस्थल सुचारु गर्ने कोशिस

221
Shares

काठमाडौं । पोखरा विमानस्थलको धावनमार्ग नजिकै तेलको ट्यांकर पल्टिएपछि विमानस्थल अवरुद्ध भएको छ ।

आज मंगलबार बिहान हेलिकप्टरमा तेल भर्न जाने क्रममा ट्यांकर पल्टिएपछि धावनमार्ग अवरुद्ध भएको हो ।

विमानस्थलमा उडान तथा अवतरण रोकिएको छ । दुई वटा क्रेन प्रयोग गरेर पल्टिएको ट्याङकर उठाउने र पोखिएको तेल सफा गर्ने काम भैरहेको विमानस्थलले जनाएको छ ।

बिहानको सयममा निकै चापमा हुने विमानस्थल रोकिंदा थुप्रै उडानहरु प्रभावित भएका छन् ।