एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लकडाउन चांडै अन्त्य गर्न राज्यका गर्भनरहरुलाई निर्देशन दिएका छन् ।
अमेरिकामा कोभिड–१९ को महामारी फैलिरहे पनि पनि उनले लकडाउन अन्त्य गर्न गर्भनरहरुलाई निर्देशन दिएका हुन् ।
ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले केही राज्यहरुलाई यही महिनामै लकडाउन खोल्न समेत सुझाव दिए ।
उनले राष्ट्रव्यापी लकडाउन दीर्घकालीन समाधान नभएकोमा समेत जोड दिए ।
महामारी नियन्त्रणमा राज्यले चालिरहेका कदमहरुमा संघीय सरकारले सहयोग जारी राख्ने भन्दै ट्रम्पले गभर्नरहरुलाई छिमेकी राज्यहरुसंग मिलेर तीव्र गतिमा काम गर्न आग्रह गरेका छन् ।
केही राज्यहरुको अवस्था अति राम्रो हुँदै गएको दाबी गर्दै उनले मे १ भन्दा पहिले नै खुला हुने सम्भावना रहेको उल्लेख गरे ।
अमेरिकी राष्ट्रपतिले अबको युद्धको अर्को मोर्चा भनेको अमेरिका फेरि खोल्ने रहेको स्पष्ट पारे ।
उनले लामो समयसम्मको लकडाउनले सामाजिक स्वास्थ्यमा समस्या नित्त्याउने जोखिम बढेको बताए ।
पत्रकार सम्मलेनमा ह्वाइट हाउसका कोरोना भाइरस टास्क फोर्सका संयोजक डा.एन्थोनी फाउचीले अहिले नै सबै कुरा राम्रो भयो भनेर ढुक्क हुने अवस्था नरहेको स्पष्ट पारे ।
यता बेलायतमा कम्तिमा तीन साताका लागि लकडाउन लम्ब्याइएको छ ।
बेलायती विदेशमन्त्री डोमिनिक राबले लडकडाउनमा छुट दिइए यो सार्वजनिक स्वास्थ्यका लागि मात्र नभई अर्थव्यवस्थाका लागि पनि खतरा हुने बताए ।
उनले आशा गरे अनुसार कोरोना भाइरसको संक्रमण दरमा कमी नआएको पनि बताए ।





प्रतिक्रिया दिनुहोस्