Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


रामग्राम नगरपालिकाले विपन्नलाई स्टिम मसिनो चामल वितरण गर्ने


0
Shares

नवलपरासी, वैशाख ४ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले विपन्नहरुलाई स्टिम मसिनो चामल वितरण गर्ने भएको छ ।

गुणस्तरहीन राहत वितरण गरेको भन्दै नगरवासीले विरोध गरेपछि रोकिएको गुणस्तरीय खाद्यान्न वितरण गरिने भएको हो ।

अघिल्लोपटक १० केजी चामल रहेकोमा अहिले त्यसलाई बढाएर २५ केजी बनाइएको छ ।

राहतका नाउँमा गरिबलाई गन्हाएको चामल दिएको भन्दै गत बिहीबार केही वडाका विपन्नहरुले खाद्यन्न सामग्री नगरपालिकाको गेटअगाडि फालिदिएका थिए ।

चामलको तौलसमेत कमी रहेको गुनासो आएपछि गुणस्तर तथा नापतौल कार्यालय बुटवल र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले त्यसबारे छानबिन गरिरहेको छ ।