Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


एन्फा अध्यक्ष शेर्पा ‘स्वाफ’को सदस्यमा निर्वाचित


0
Shares

काठमाडौं, साउन २८ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा साउथ वेस्ट एसियन फुटबल फेडेरेसन (स्वाफ)को कार्यकारी समितिको सदस्य पदमा निर्वाचित भएका छन् ।

दक्षिण पश्चिम एसियाली क्षेत्रका विभिन्न १४ मुलुकका सदस्य रहने उक्त फेडेरेसनमा नेपालको प्रतिनिधित्वबाट अन्तर्राष्ट्रिय सहकार्य र समन्वय नयाँ उचाइमा पुग्नुका साथै नेपाली फुटबलको विकासमा थप टेवा मिल्ने एन्फाले सोमबार विज्ञप्ति जारी गरी जनाएको छ ।