Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन निर्देशन


6.1k
Shares

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सर्वोच्च अदालतको निर्णय विपरित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

सोमबार सिंह दरबारमा बसेको समितिको बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम शीघ्र अघि बढाउन आवश्यक कानूनी, प्रशासनिक र व्यवहारिक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिएको हो ।

समितिकी सभापति पवित्रा निरौलाले समितिको तर्फबाट नेपालको राष्ट्रिय हित अनुकुल अर्थतन्त्र सुदृढ तुल्याउने उद्देश्यका साथ लामो समयको अध्ययन तथा लगानीका साथ अघि बढाइएको राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने निर्णय कुनैपनि दृष्टिबाट उचित नभएको बताउनुभयो ।

उहाँले वाह्य र आन्तरिक ऋणको बोझ बोक्दै कठीन अवस्थामा रहेको नेपालको अर्थतन्त्रमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रयोजनको लागि भइरहेको अर्बौं रुपैयाँलाई निरर्थक तुल्याउँदा झनै धक्का लाग्ने बताउनुभयो ।