Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


६८ वर्ष माथिकालाई वृद्धभत्ता दिइने, भत्तामा मात्र १ अर्ब ३४ करोड छुट्याइयो


0
Shares

काठमाडौं । सरकारले ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुुरक्षा भत्ता दिने भएको छ ।

संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसअघि रहेको ७० वर्षको दायरालाई बढाएर ६८ वर्षमा ल्याइएको बताउनुभयो ।

सामाजिक सुरक्षा भत्ता नलिने नागरिकहरुलाई सरकारले सम्मान गर्ने उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँ पाउँदै आएका छन् ।

सरकारले विभिन्न शीर्षकका समाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ३४ अर्ब करोड रुपैयाँ विनियोजन गरेको छ ।