Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


कोरोना नदेखिएपछि मोरङको टाँडी ‘क्वारेन्टाइन’बाट ९९ जनालाई घर फर्काइयो


0
Shares

मोरङ, वैशाख ४ । कोरोना संक्रमण नभेटिएपछि मोरङको टाँडीमा रहेको ‘क्वारेन्टाइन’स्थलबाट ९९ जनालाई घर फर्काइएको छ ।

नमुना परीक्षण गर्दा कोरोना संक्रमण नभेटिएपछि क्वारेन्टाइनमा बसेकाहरु धेरैजसो घर फर्किएका हुन् ।

क्वारेन्टाइनमा आउनेको संख्या कम हुँदै गएपछि क्वारेन्टाइनस्थल खाली हुँदै गएको हो ।

‘लकडाउन’अघि झापाको काँकडभिट्टा र मोरङको रानी नाकाबाट नेपाल प्रवेश गरेका र विदेशबाट फर्किएका प्रदेश नम्बर–१ का बासिन्दालाई क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनबाट घर फर्केपछि उनीहरुलाई एक सातासम्म घरमै पुनः क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ ।

नेपाली सेनाको सूर्यदल गणका प्रमुख सेनानी रघुनाथ पौडेलले कोरोना संक्रमण नदेखिएकाहरुलाई जनप्रतिनिधिको जिम्मा लगाइएको जानकारी दिए ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको निगरानी प्रतिवेदन तथा अनुगमन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले नेपाली सेनाले क्वारेन्टाइनमा ६ भारतीयसहित १२२ जनाको कोरोना परीक्षण गर्दा ‘रिपोर्ट नेगेटिभ’ आएको बताए ।