Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


उदयपुरमा ६ जना भारतीय नागरिक लुकेर बसेको फेला


0
Shares

उदयपुर, वैशाख ४ । उदयपुरको चौदण्डीगढी नगरपालिका–५, शिबाइमा ६ जना भारतीय मुस्लिम नागरिक लुकेर बसेको फेला परेको छ । 

चौदण्डीगढी नगरप्रमुख र इलाका प्रहरी कार्यालय बेलटारले बिहीबार गरेको अनुगमनका क्रममा ६ जना भारतीय नागरिक लुकेर बसेको फेला परेको हो ।

यही चैत ६ गते विवाहका लागि भारतबाट आएको र ‘लकडाउन’का कारण फिर्ता हुन नसकेको उनीहरुले जनाएका छन् ।

नगरप्रमुख खगेन्द्र राईले कोरोनाभाइरस नमुना संकलनको लागि जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालय उदयपुरलाई जानकारी गराइएको बताए ।

उनीहरुको नमुना संकलन गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइने स्वास्थ्य प्रमुख मोहन सुवेदीले बताए ।