डडेल्धुरा, वैशाख ४ । ‘लकडाउन’का कारण समस्यामा परेका डडेल्धुराका विपन्न वर्गलाई दिने भनिएको राहतमा अनियमितता देखिएको छ ।
डडेल्धुराका स्थानीय तहहरुले मापदन्ड नबनाइ जथाभावी राहत वितरण गर्दा अनियमितता भएको छ ।
तथ्यांकको अभावमा स्थानीय तहले डडेल्धुरामा वितरण गरेको राहत एकाघरका सबै सदस्यहरुलेसमेत लैजाने गर्दा पीडितहरुले राहत पाउन सकेका छैनन् ।
जथाभावी गरिएको राहत वितरणले लक्षित वर्ग छुट्ने गरेका छन् भने पहुँचवालाहरुले दुई–तीनपटकसम्म पनि राहत लिएको भेटिएको छ ।
लकडाउनको २४ दिन बितिसक्दा पनि स्थानीय तहहरुले आफ्नो क्षेत्रका कति विपन्न परिवार छन् भनेर पहिचान गर्न सकेका छैनन् ।








प्रतिक्रिया दिनुहोस्