 
	    काठमाडौं । आइतबार (आज) बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको लेते आसपासमा खसेको हुनसक्ने आशंका गरिएको छ ।
कास्कीको पोखराबाट आइतबार बिहान जोमसोमका लागि उडेको तारा एयरको ‘एईटी’ ट्विनअटर विमान सम्पर्कविहीन भएको थियो । विमान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको थियो । बिहान १० बजेर २० मिनेटमा जोमसोम विमान स्थलमा अवतरण हुनुपर्ने विमान अहिलेसम्म सम्पर्कमा आएको छैन ।
विमान मुस्ताङको लेते पुगेर धौलागिरी तर्फ मोडिएपछि सम्पर्कविहीन भएको पोखरा नागरिक उड्डयन कार्यालयले जनाएको छ । विमान लेतेको लाजुङको खोचमा पुगेपछि खसेको आशंका गरिएको छ । तर यसको पुष्टि भने भैसकेको छैन ।
मुस्ताङको घाँसा भन्दा माथि लेते र त्यस माथि लाजुङ भन्ने ठाउँ छ । विमान पोखराबाट उडेको २० मिनेटपछि सम्पर्कविहीन भएको थियो ।
पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको ताराको ९ एन एइटी कलसाइन ट्वीनअटर जहाज दुर्घटना भएको हो ।
जहाज सम्पर्कविहीन भएपछि खोजी कार्यका लागि काठमाडौं र पोखराबाट हेलिकोप्टर परिचालन गरिए पनि खराब मौसमका कारण खोजी कार्य सफल हुन सकेको छैन ।
विमान खसेको भनेर आशंका गरिएको स्थानमा नेपाली सेना र नेपाल प्रहरी पैदल मार्गबाट त्यसतर्फ गएको जिल्ला प्रशासन कार्यालय मुस्ताङका शाखा अधिकृत देवेन्द्र पाण्डेले इमेजखबरलाई जानकारी दिनुभयो ।
‘विमानका क्पाप्टेनको मोबाइलको घण्टी बजिरहेकाले लोकेशन लगभग पत्ता लागेको छ,’ उहाँले भन्नुभयो, ‘तर दुर्घटनामा परेको हो कि होइन भन्ने कुरा अहिले नै भनिहाल्ने अवस्था छैन ।’
खराब मौसमका कारण हेलिकाेप्टर भने सो स्थानमा पठाउने प्रयास गर्दा पनि नसकिएकाे पाण्डेले जानकारी दिनुभयो । यद्यपि तयारी अवस्थामा भने राखिएकाे उहाँकाे भनाइ छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्