३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


लकडाउनकै बीच फलाखु खोलामा पुल निर्माण धमाधम


0
Shares

रसुवा । रसुवा र नुवाकोट सिमानामा रहेको बेत्रावती स्थित फलाखु खोलामा पुल निर्माणको कामले निरन्तरता पाएको छ ।

फैलिएको कोरोना भाइरसका कारण कामदार अभावमा निर्माणका गतिविधिहरु रोकिए पनि स्थानीय कामदारबाट रसुवा र नुवाकोट सीमा क्षेत्र बेत्रावतीमा पुल निर्माणको कामलाई निरन्तरता दिइएको हो ।

पुल निर्माण गर्दा राखिएका लठ्ठाहरु वर्षातको समयमा खोलाले बगाउने सम्भावना बढी हुने भएकाले कामलाई निन्तरता दिइएको आयोजनाले जनाएको छ  ।

हिमदुङ एण्ड ठोकर कन्ट्रक्सनले जिम्मा पाएको पुल निमार्णको कामअन्र्तगत नुवाकोट रसुवागढी जोड्ने ८२ किलोमिटर लामो सडकमा एघार वटा पुल निमार्ण हुने छन ।

लकडाउन सुरु हुनुभन्दा पहिले नै सामान आइपुगेको हुनाले काम सुरु गर्न सकोेको आयोजनाले जनाएको छ ।