नीति तथा कार्यक्रम गन्तव्यहीन छ : विष्णु पौडेल « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


नीति तथा कार्यक्रम गन्तव्यहीन छ : विष्णु पौडेल


117
Shares

काठमाडौं । नेकपा एमालेका सांसद विष्णु पौडेलले सरकारले संसदमा ल्याएको नीति तथा कार्यक्रम गठबन्धन सरकार जस्तै गन्तव्यहीन रहेको टिप्पणी गर्नु भएको छ ।

शनिबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रममा संसदमा छलफल गरेर संसदको समय मात्रै बर्बाद भएको बताउनुभयो ।

देशको अर्थतन्त्र संकटमा रहेको बेलामा नीति तथा कार्यक्रम त्यसतर्फ बेखबर रहेको उहाँको भनाइ छ ।

हावादारी कार्यक्रमलाई अगाडि सारेर चुनाव लक्षित कार्यक्रम मात्र अघि सारेको उहाँले बताउनुभयो ।