
काठमाडौं, बैशाख ३ । अमेरिकाले बिश्व स्वास्थ्य संगठनलाई दिदै आएको आर्थिक सहयोग रोकेकोमा माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स र उनकी पत्नी मिलिण्डा गेट्सले आपत्ती जनाएका छन ।
अमेरिकाले विश्व स्वास्थ्य संगठन डब्लुएचओलाई प्रदान गर्दै आएको आर्थिक सहायता रोकिन नहुने भन्दै आपत्ती जनाएका हुन् ।
ट्रम्पको निर्णयप्रति सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिक्रिया दिँदै गेट्स दम्पतीले ट्रम्पको सो आदेश खतरनाक रहेको बताएका हुन् । ट्रम्पको आदेश सुन्दा जति खतरनाक लागेको छ त्यसको परिणाम पनि त्यति नै जोखिमपूर्ण हुने गेट्सले उल्लेख गरेका छन् ।
ट्वीटरमा आफ्नो प्रक्रिया लेख्दै गेट्सले अहिले विश्वलाई डब्लुएचओको सबैभन्दा बढी आवश्यकता रहेको अवस्थामा बिल एण्ड मिलिन्डा गेट्स फाउन्डेसनले पनि डब्लुएचओलाई सहयोग गर्दै आएको छ ।
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि डब्लुएचओले गरेको काम निकै कमजोर रहेको ट्रम्पले आरोप लगाएका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्