२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


पहिरोले महाकाली राजमार्ग अवरुद्ध


0
Shares

विनोदसिंह विष्ट (इमेज)

बैतडी, साउन २८ । लगातारको वर्षाका कारण पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

बैतडीको गोकुलेश्वर र दार्चुलाको खलंगा सडकखन्डअन्तर्गत् मालिकार्जुन गाउँपालिकाको पनेबाँजनजिक सडकमाथिबाट ठूलो पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिए ।

सोमबार बिहान १० बजेतिर खसेको पहिरोका कारण उक्त सडकखन्ड पूर्णरुपमा बन्द भएको छ ।

डोजरको सहायतमा पहिरो पन्छाउने प्रयास भइरहेपनि ठूलो पहिरोका कारण पन्छाउन नसकिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

‘डोजरले पहिरो पन्छाउन नसक्दा ठूलो मेसिन लगाउने तयारी गरेका छौं’–उनले भने ।

राजमार्ग अवरुद्ध हुँदा छोटो तथा लामो दूरीका सवारी–साधन पूर्णरुपमा ठप्प भएका छन् ।

दार्चुलाबाट काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, बैतडी तथा काठमाडौं, महेन्द्रनगर, धनगढी र बैतडीबाट दार्चुलाका लागि छुटेका सवारी–साधन बीचबाटोमै रोकिएका छन् ।

सवारी–साधन बीचबाटोमै रोकिँदा यात्रीहरु अलपत्र परेका छन् ।

उक्त क्षेत्रमा बेलाबेलामा खसिरहने पहिरोले राजमार्ग अवरुद्ध हुँदै आएको छ  ।