२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


कोरोनाविरुद्ध सामाजिक दूरी कायम गर्दै उत्पादनमा किसानहरु लाग्नुपर्ने : मुख्यमन्त्री


0
Shares

हेटौँडा, बैशाख ३ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनको अवधिमा किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताएका छन् ।

भिडियो कन्फरेन्समार्फत प्रदेशका विभिन्न स्थानीय तहका प्रमुखसँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले कोरोनाविरुद्ध सामाजिक र व्यक्तिगत दूरी कायम गर्दै उत्पादनमा लाग्नुपर्ने बताए ।

पालिकामा भएको बजेट खर्च गर्नुपर्ने उनको तर्क थियो । “स्थानीय सरकारसँग भएको पैसा सरकारकै पैसा हो, त्यो खर्च गर्नुपर्छ, अहिले आवश्यकता जे हो त्यसमा खर्च गर्ने हो बाँकी काम बिस्तारै गर्दै जाने हो”, उनले भने । राहत वितरणको काम बल्ल शुरु गर्ने बेला भएको उहाँको तर्क थियो ।

उनले लकडाउनको अवधि लम्बिने अवस्था आए त्यसको सामना गर्न पूर्वतयारी आवश्यक भएको बताए । मुख्यमन्त्री पौडेलले बुधबार चितवनको भरतपुर महानगरपालिकाका प्रमुख र माडी नगरपालिका प्रमुख, सिन्धुलीको मरिण र सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका, रसुवाको गोसाइँकुण्ड गाउँपालिका तथा सिन्धुपाल्चाकको बारबिसे नगरपालिकाका प्रमुखहरुसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गरे । रासस