काठमाडौं, साउन २८ । ढोरपाटन पुरुष भलिबल प्रतियोगिताको पाँचौं संस्करण यही भदौ अन्तिम साताबाट हुने भएको छ ।
आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार प्रतियोगिता भदौ ३० देखि असोज ६ गतेसम्म सन्चालन हुनेछ ।
नेपाल भलिबल संघको संयोजन तथा यति ब्रुअरीको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ ।
नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको भलिबल कोर्टमा ‘लिग कम नकआउट’का आधारमा हुने प्रतियोगिताको विजेता टिमले एक लाख रुपैयाँ पुरस्कार जित्ने जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्