
बारा । बारा जिल्लामा कुल १६ वटा पालिका छन् । १६ पालिकामध्ये ५ एमाले, ४ कांग्रेस, ३ जसपा, २ लोसपा, १/१ पालिका माओवादी र विवेकशील साझा पार्टीले प्रमुख जितेका छन् ।
बाराको १६ पालिकामध्ये महागढीमाई नगरपालिका बाहेक १५ पालिकामा नयाँ अनुहारले जितेका छन् ।
दलहरुले आफनो किल्ला भन्दै भ्रष्ट, विबादित र ब्यापक आलोचित जितेका उम्मेदबारहरु पुनः दोहोर्याएपछि मतदाताहरुले १५ पालिकामा नयाँ अनुहारलाई जिताएको हो ।
महागढीमाई नगरपालिका भने स्थानीयले मेयरमा उपेन्द्र प्रसाद यादब र उपमेयरमा तारादेबी कानुलाई दोहरयाएको छ भने बाँकी पालिकामा नयाँ अनुहारलाई जिताएका छन् । दोहोरिएर उम्मेदवार बनेकाहरु कतै दोस्रो त कतै तेस्रो स्थानमा पुगेर पराजित बनेका छन् ।
पुरानै उम्मेदवारलाई निरन्तरता दिएको एमालेले यसअघि जितेका जीतपुरसिमरा उपमहानगर र कोल्हवी नगरपालिका गुमाएको छ ।
त्यस्तै कांग्रेसले कलैया उपमहानगर, निजगढ , सिम्रौनगढ नगरपालिका बारागढी र करैयामाई गाउँपालिका गुमाएको छ । लोसपाले भने २ वटामा जिते हात पारे पनि एउटा पालिका घटाएको छ ।
फेटा गाउँपालिका जितेका रुस्तम अन्सारीले आफ्नो अनुकूलका वडामा कांग्रेसले टिकट नदिएपछि कांग्रेसको टिकट मनोनयन दर्ताकै दिन च्यातेर फाल्दै विवेकशील साझाबाट टिकट लिदै विजयी बन्नु भएको छ ।
माओवादी केन्द्र यसपालि जितपुरसिमरा उपमहानगरमा प्रमुख पद गठबन्धनबाट हात पारेको छ ।
जनता प्रति उतरदायी नबनेको देखेरै पुनः दोहोरिएका पुराना उम्मेदवार स्थानीयले दोहोर्याउन नचाहेको स्थानीयले बताएका छन् ।
केन्द्र प्रदेश र जिल्लाका नेताहरुले आफु निकटमा मान्छे र आर्थिक चलखेलकै कारण टिकट बितरण गरेको बुझेका स्थानीयले आफनो पालिकामा नयाँ अनुहार बिजयी गराएको मतदाताहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्