Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


कृषि सहकारी संघको काठमाडौंमा घुम्ती तरकारी बजार


0
Shares

काठमाडौं, वैशाख २ । नेपाल कृषि सहकारी केन्द्रीय संघले काठमाडौंका चोक–चोकमा घुम्ती तरकारी बजारको सुरुआत गरेको छ ।

‘लकडाउन’को समयमा तरकारीजन्य कृषि उत्पादनहरुको समस्या नहोस् भन्दै यस्तो बजार सुरु गरेको संघले जनाएको छ ।

बजारमा देखिएको तरकारी अभाव र आकासिँदो मूल्यलाई मध्यनजर गर्दै संघको नेतृत्वमा मंगलबारदेखि काठमाडौंका विभिन्न चोकमा घुम्ती बजारको सुरुआत गरिएको संघका अध्यक्ष खेमबहादुर पाठकले जानकारी दिए ।

देशका विभिन्न जिल्लाका सदस्य किसानहरुले उत्पादन गरेका कृषिजन्य सामग्री बारीमा कुहिएर खेर जाने अवस्था नआओस् भन्ने सोचका साथ घुम्ती बजार सुरु गरेपनि बिक्रीका लागि उपयुक्त वातावरण भने नभएको भन्दै उनले सरकारलाई किसानहरुको आवज सुन्न आह्वान पनि गरेका छन् ।