रौतहटको गढीमाई नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा जसपा विजयी « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


रौतहटको गढीमाई नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा जसपा विजयी


221
Shares

रौतहट । रौतहटको गढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवारहरु विजयी भएका छन् ।

कांग्रेसका श्याम प्रसाद यादबले मेयर पदमा ८ हजार ६३१ मत र उपप्रमुखमा जसपाका अस्मिता कुमारी यादबले ६ हजार ६७१ मत प्राप्त गरी विजयी हुनु भएका हुन् ।

मेयर पदका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदबार शेष अबुलकलाम आजादले ८ हजार ७३ मत र उपमेयर पदका निकटतम प्रतिद्वन्द्वी नागेन्द्र सिहले ५ हजार ९०२ मत प्राप्त गर्नु भएको छ ।

मेयर पदमा विजयी हुनु भएका यादवको यो दोस्रो कार्यकाल रहने छ ।

मधेश प्रदेश सभा सदस्यबाट राजीनामा दिएर गढीमाईको मेयर पदको उम्मेदबार बन्नुभएका आजाद ५५८ मतले पराजित हुनु भएको हो । उहाँ २०७४ सालको स्थानीय निर्वाचनमा पनि यादवसँग ३०१ मतले पराजित हुनु भएको थियो । लगतै पछि भएको २०७४ सालकै प्रदेश सभा निर्बाचन क्षेत्र नम्बर ४ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएर आजाद ७ हजार ३९३ मत प्राप्त गरी बिजयी बन्नु भएको थियो ।

यस्तै, सोही नगरपालिकाको वडानम्बर १ मा नेकपा एकिकृत समाजबादी पार्टीका रामपुकार राय यादव, वडानम्बर २ मा कांग्रेसका दीपेन्द्र श्रेष्ठ, वडानम्बर ३ मा जनता समाजवादी पार्टीका एकरामूल, वडानम्बर ४ मा कांग्रेसका चुल्हाई राय, वडानम्बर ५ मा लोकतान्त्रिक समाजबादी पार्टीका राजिव रंजन यादव, वडानम्बर ६ मा कांग्रेसका राम सिहासन राय, वडानम्बर ७ मा जनता समाजवादी पार्टीका तपेन्द्र राय यादव, वडानम्बर ८ मा लोकतान्त्रिक समाजबादी पार्टीका रामाज्ञा राय यादव, वडानम्बर ९ मा नेकपा माओवादी केन्द्रका हरिचन्द्र सहनी बिजयी भएका छन् ।