Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


घर–घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण


0
Shares

इलाम, वैशाख २ । इलामको देउमाई नगरपालिका वडा नम्बर–४ मा घर–घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ ।

‘लकडाउन’का कारण समस्यामा रहेका वृद्ध–वृद्धालाई घरमै गएर सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको हो ।

सरकारी सेवा घरमै दिने उद्देश्यले घर–दैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको वडा नम्बर–४ का अध्यक्ष राजेन्द्र बास्तोलाले जानकारी दिए ।

उनले जनप्रतिनिधि आएपछि नागरिकले सहज महसुस गरुन् भनेर घरमै सामाजिक सुरक्षा भत्ता वितरण अभियान थालेको बताए ।

सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडाध्यक्ष, वडासदस्य र वडासचिवसहितको टोली घर–घरमा पुगेको हो ।

आफ्नै घरमा सामाजिक सुरक्षा भत्ता पाउँदा वृद्ध–वृद्धा खुसी भएका छन् ।