२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


जलेश्वर कारागार डुबानमा


0
Shares

महोत्तरी, साउन २८ । भीषण वर्षापछि महोत्तरी, धनुषा र सर्लाही जिल्लाको संयुक्त कारागारकारुपमा रहेको जलेश्वर कारागार सोमबार डुबानमा परेको छ ।

१६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा रहेको छ ।

वर्षाका बेला यो कारागार पटक–पटक डुबानमा पर्ने गरेको जेलर शोभेन्द्र ठाकुरले जानकारी दिए ।

वर्षाका कारण कारागार प्रांगणभित्र तथा बाहिर चारैतिर पानी भरिएको छ भने कार्यालय प्रमुख बस्ने तथा कर्मचारी प्रशासनकक्षमासमेत पानी छिरेको छ ।

बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नालामै बाहिरको पानी पस्दा झनै समस्या थपिएको छ ।