
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कर कटौती गरेर सहुलियत दरमा इन्धन उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटर मार्फत मंगलबार नेता पौडेलले इन्धन करमा केही कटौती गरेरै भए पनि तत्काललाई सहुलियत दरमा इन्धन उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको हो । उहाँले मूल्यवृद्धी नियन्त्रण गर्न सरकारको ध्यान जान जरूरी रहेको पनि बताउनु भएको छ ।
पौडेलले इन्धनको मूल्यवृद्धीसँगै सार्वजनिक सवारीदेखि ढुवानी भाडा र उपभोग्यदेखि निर्माण सामग्रीसम्मको मूल्य अकाशिदा आम नागरिकहरु थप पीडित बन्ने उल्लेख गर्नुभएको छ । हाल पेट्रोलमा सरकारले ६३ रुपैयाँ हाराहारीमा कर उठाइरहेको छ । त्यसमा भन्सार शुल्क, सडक मर्मत सम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क समेटिन्छ । सरकारले पछिल्लो पटक इन्धनमा गरेको मूल्यबृद्धिको चौतर्फी आलोचना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्