रौतहटको बौधीमाई नगरपालिकाको मेयर र उपमेयरमा एकिकृत समाजवादी विजयी « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


रौतहटको बौधीमाई नगरपालिकाको मेयर र उपमेयरमा एकिकृत समाजवादी विजयी


273
Shares

रौतहट । रौतहटको बौधीमाई नगरपालिकाको मेयर र उपमेयर पदमा नेकपा (एकिकत समाजवादी) का उम्मेदवारहरु विजयी भएका छन् ।

एकिकृत समाजवादीबाट मेयर पदका उम्मेदवार प्रदिप कुमार यादव ४ हजार ८१० मत र उपमेयरमा प्रमिला देवीले ४ हजार ८९४ मत प्राप्त गरी विजय हुनुभएको हो ।

मेयर पदमा यादवको निकटतम प्रतिद्वन्द्वीमा लोकतान्त्रिक समाजवादीका उम्मेदबार राजीव रन्जन यादवले ४ हजार ६२४ मत र उपमेयरमा लोकतान्त्रिक समाजवादी पार्टीकी शीमा नेसाले ४ हजार ८८१ मत प्राप्त गर्नु भएको छ ।

सोही नगरपालिकाको १ नम्बर वडा अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका रामजोधी राउत कुर्मी, २ नम्बर वडा अध्यक्षमा नेपाली कांग्रेसका धर्मेन्द्र प्रसाद पटेल, ३ नम्बर वडाअध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका मणिभूषण प्रसाद साह, ४ नम्बर वडाअध्यक्षमा नेकपा एकिकृत समाजवादी पार्टीका तुरुन्न नारायण यादव, सोही पार्टीबाट ५ नम्बर वडाअध्यक्षमा लक्ष्मिनारायण यादब, ६ नम्बर वडाअध्यक्षमा गगन देव राय यादव, ७ नम्बर वडाअध्यक्षमा लोकतान्त्रिक समाजबादी पार्टीका नरेन्द्र कुमार सिंह, ८ नम्बर वडाअध्यक्षमा नेपाली काग्रेसका वीरेन्द्र राय यादब र ९ नम्बर वडाअध्यक्षमा नेकपा एमालेका भुमी नारायण मिश्र विजय हुनु भएको छ ।

यो सँगै रौतहटको चार पालिकामा नेकपा एकिकत समाजवादी पार्टीको विजय भएको छ ।